काठमाडौँ ।वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा प्रेमकुमार श्रेष्ठ नियुक्त भएका छन् । पद खाली भएको डेढ महिनापछि मन्त्रालयले श्रेष्ठलाई महानिर्देशकका रुपमा पठाएको हो ।
सचिवस्तरीय निर्णयबाट आपूर्ति शाखा प्रमुख रहेका श्रेष्ठलाई विभागमा पठाएको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन् । तत्कालिन प्रमुख प्रकाश पौडेल आन्तरिक राजश्व विभाग गएपछि महानिर्देशकको पद खाली थियो । श्रेष्ठले आजैदेखि विभागको जिम्मेवारी सम्हालेका हुन् ।




