अर्थ

तीन महिनामा दुई खर्ब ३९ अर्ब रेमिट्यान्स आयो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै घटेको (विप्रेषण आप्रवाह) रेमिट्यान्स असोजमा पनि घटेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आवको पहिलो तीन महिनाको तथ्यांकको आधारमा मंगलबार मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै असोजसम्म रेमिट्यान्स गत आवको सोही अवधिको तुलनामा ७.६ प्रतिशतले घटेर दुई खर्ब ३९ अर्ब ३२ करोड कायम भएको जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स १२.७ प्रतिशतले बढेको थियो ।

नेपालमा दसैँ, तिहारलाई लक्षित गर्दैै असोजमा सबैभन्दा बढी रेमिट्यान्स आउने गर्छ । असोजमा पनि ८४ अर्ब मात्रै रेमिट्यान्स भित्रिएको छ ।

नेपाली मद्राको साथै अमेरिकी डलरमा रेमिट्यान्स घटेको छ । अमेरिकी मुद्रामा रेमिट्यान्स ७.७ प्रतिशतले घटेर दुई अर्ब दुई करोड कायम भएको छ ।गत आर्थिक वर्षमा कोभिड १९ का कारण ठप्प रहेको वैदेशिक रोजगारी भने पुनः पुरौ लयमा फर्कँदै गएको छ । आर्थिक वर्षको तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६६ हजार ३१६ पुगेको छ ।

यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि बढेर ३४ हजार ८२३ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *