अर्थ

अरुण कोरिडोर आयोजना सरकारले अघि बढाउँछ- अर्थमन्त्री शर्मा

किमाथाङ्का । अर्थमन्त्री जनार्दन शर्माले अरुण करिडोर आयोजनाको काम सरकारले चाँडै थाल्ने बताएका छन् । प्रेस सेन्टर नेपाल सङ्खुवासभाले आज यहाँ गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले अरुण करिडोर सञ्चालनका लगि सरकारले गृहकार्य थाल्ने बताए ।

सङ्खुवासभाका लागि महत्वपूर्ण सडक आयोजना अरुण करिडोर नै भएको उनले बताए । सो आयोजनाका लागि विश्व बैंकसँग पनि कुरा भइरहेको बताउँदै उहाँले किमाथाङ्का नाका सञ्चालनको पहल गर्ने बताए । किमाथाङ्का नाकासम्म सडक निर्माण र भन्सार व्यवस्थित बनाउन सरकारले महत्वका साथ हेरीररहेको उनको भनाइ थियो ।

नेपालको पानी जनताको लगानीले अरुण नदीको विभिन्न आयोजना सफल बनाउने मन्त्री शर्माले बताए । उनले पाँच दलको गठबन्धनको सरकार निरन्तर चल्नेमा शङ्का नगर्न आग्रह गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *