लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशले ल्यायो ४० अर्बको नयाँ बजेट (पूर्ण पाठ)

बुटवल । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट विस्थापन गरी लुम्बिनी प्रदेश सरकारले ४० अर्व ९५ करोड ९७ लाख बराबरको नयाँ बजेट ल्याएको छ । आर्थिक बर्ष ०७८/७९ का लागि प्रदेशसभामा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले अघिल्लो सरकारले ल्याएको बजेट बराबरकै बजेट घोषणा गरेका हुन् ।

कुल बजेटमध्ये चालू ‍खर्चतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ २२ करोड ४७ करोड १५ लाख रुपैयाँ छ । ३३.३१ प्रतिशत चालू र ५४.८७ प्रतिशत पुँजीगततर्फ बजेट छुट्याइएको छ । त्यस बाहेक ११.८२ प्रतिशत अर्थात् ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको अर्थमन्त्री खड्काले बताए ।

एमालेले भने बैठक बहिष्कार गरेको छ। साउन २७ गते शंकर पोखरेलले राजीनामा दिएपछि माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री बनेका थिए । साउन २८ गते शपथ लिएका केसीले सरकार गठनको दुई महिनासम्म पनि नयाँ बजेट ल्याउन नसकेको भन्दै आलोचना भइरहेको थियो ।

‘समृद्ध प्रदेश आत्मनिर्भर’ प्रदेश भन्ने नाराका साथ केही नयाँ कार्यक्रमसहित अधिकांश पुरानै सरकारले ल्याएका कार्यक्रमलाई निरन्तरता दिइएको छ । यसअघि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम परिवर्तन गरी मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका रुपमा ल्याइएको छ । बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्धन, कोरोना नियन्त्रण र राहतजस्ता केही नयाँ कार्यक्रम समावेश गरिएको छ । १८ वर्षमुनिका बालबालिकालाई दृष्टिगत गरी कोभिड खोप लगाउन संघीय सरकारसँग समन्वय गर्ने बजेटमा भनिएको छ ।

विकट क्षेत्रमा घरदैलौमा डाक्टर कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथ ल्याब स्थापनाका लागि १० करोड बजेट छुट्याइएको छ । त्यस्तै मिर्गौला प्रत्यारोपण, मुटुको भल्ब फेर्ने, क्यान्सर रोग उपचारका लागि अतिरिक्त २ लाखसम्म प्रदेश सरकारले दिने बजेटमा घोषणा गरिएको छ ।

[pdfjs-viewer viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2021/10/Lumbini-Budget.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 search_term=”” ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *