ताजा समाचार

आज शनिबार पनि आरजिटिएस चल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबार पनि रियल टाइम ग्रस सेटलमेन्ट सिष्टम (आरजिटिएस) सञ्चालनमा रहने जनाएको छ ।

केन्द्रीय बैंकले एक सूचनामार्फत शनिबार ‘विकास ऋणपत्र २०८० क’को ब्याज भुक्तानीका लागि सो प्रणाली सञ्चालनमा रहने जनाएको छ । केन्द्रीय बैंकले शनिबार बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म खुला रहने सूचनामार्फत जानकारी गराएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *