समाचार

प्रतिनिधिसभाको बैठक ११ असोजमा बस्ने

काठमाडौं। प्रतिनिधिसभा बैठक ११ असोजमा बस्नेगरी स्थगित भएको छ । बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले भने, ‘अब अर्काे बैठक असोज ११ गते सोमबार दिउँसो २ बजे बस्नेछ ।’

बिहीबारको बैठकले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ लाई पारित गरेको छ । बिहीबार पनि एमाले सांसदहरूले नाराबाजी गरिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएर सो विधेयक निर्णायार्थ प्रस्तुत गरेका हुन् ।

आर्थिक वर्ष २०७८/७९को बजेट ल्याउँदा ल्याइएको अध्यादेश प्रतिस्थापन गर्न ल्याइएको विनियोजन विधेयक २०७८, आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ लाई प्रतिनिधिसभाले पारित गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *