अर्थ

नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब २९ करोडको कारोबार

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन नेप्सेमा सामान्य वृद्धि भएको छ । सोमबार नेप्से ०.२७ अंकले बढेको छ । आज नेप्से २९४७.६९ विन्दुमा पुगेको छ ।

आज नेप्से सेन्सेटिभ इण्डेक्स ०.५५ अंकले बढेको भने फ्लोट इण्डेक्स ०.२५ अंकले बढेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ०.४९ अंकले घटेको छ ।

आज २२६ कम्पनीको ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १५५ कारोबार भएको छ भने आज १ करोड ५६ लाख ८१ हजार १८४ कित्ता शेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा बढी निर्जीव वीमाको श्येर १.४८ प्रतिशतले बढेको छ भने बैकिंग, ट्रेडिङ र जीवन वीमाको शेयरमा सामान्य वृद्धि भएको छ ।

त्यस्तै आज हाइड्रो पावरको शेयरमा सबै भन्दा बढी २.५४ प्रतिशतको गिरावट आएको छ भने उत्पादन क्षेत्रको शेयरमा १.३५ प्रतिशतको गिरावट आएको छ । ।

त्यसैगरी सोमबार अजोद इन्सुरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सानिमा लाइफ इन्सुरेन्स र मनकामना स्मार्ट लघुवित्तको शेयर मुल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । कालिका पावर र एभरेष्ट इन्सुरेन्सको प्रमोटर शेयरको मुल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।

सोमबार अरुण भ्याली हाइड्रोपावरको ६१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने युनाइटेड मोदी हाइड्रोको शेयर ४७ करोडको कारोबार भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *