गण्डकी प्रदेश

घरेलु तथा साना उद्योग लमजुङद्वारा ९७० ओटा उद्योग दर्ता

लमजुङ । घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा ९७० ओटा घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/७८ को साउनदेखि असारसम्मको एक वर्षको अवधिमा सो संख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुख तोपलाल भुषालले बताए ।

जिल्लामा नयाँ घरेलु उद्योग दर्ता गर्नेमा वृद्धि हुन थालेको छ, अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा ३०१ नयाँ घरेलु उद्योग बढी रहेको उनले जानकारी दिए ।

त्यस्तै आव २०७७/२०७८ को साउनदेखि असारसम्मको एक वर्षको अवधिमा ३६९ उद्योग नवीकरण गरिएका छन् । वाणिज्यतर्फ एक वर्षको अवधिमा ६४० नयाँ दर्ता भएका छन् । त्यस्तै ५५८ नवीकरण गरिएको घरेलु कार्यालयले जानकारी दिएको छ । आव २०७६/७७ को साउनदेखि असारसम्मको एक वर्षको अवधिमा ६६९ नयाँ घरेलु उद्योग दर्ता भएका प्रमुख भुषालले बताए ।

यस अवधिमा २३७ घरेलु उद्योग नवीकरण भएका थिए । त्यस्तै वाणिज्यतर्फ ७६२ नयाँ दर्ता भएका छन् भने २३० नवीकरण गरिएका छन् । आव २०७५/७६ मा जम्मा ४६८ मात्रै कार्यालयमा घरेलु उद्योग दर्ता गरिएका थिए ।

त्यस्तै यस चालू आवका चार महीनाको अवधिमा ८७ घरेलु उद्योग नवीरण भएका कार्यालय प्रमुख भुषालले जानकारी दिए । उनका अनुसार वाणिज्यतर्फ ६२९ दर्ता भएका छन् भने नवीकरण १५७ भएका छन् । आव २०७५/७६ मा उद्योग नवीकरण २७० गरिएको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार वाणिज्यतर्फ ४१४ दर्ता गरिएका थिए भने नवीकरण ४५८ गरिएको थियो । त्यस्तै आव २०७४/७५ मा २६७ नयाँ उद्योग दर्ता भएका थिए ।

त्यस्तै १६४ उद्योग नवीकरण भएको कार्यालयले जानकारी दिएको छ । वाणिज्यतर्फ २१० नयाँ फर्म दर्ता भएका थिए भने २६४ को नवीकरण गरिएको थियो ।

घरेलुमा उद्योग दर्ता गर्दा कानुनी झन्झट नहुने, सरकारी सेवा सुविधा पाउने र स्थानीय तहले घरेलुमा दर्ता गराउनुपर्छ भन्ने सन्देश फैलाएकाले कार्यालयमा दर्ता गर्ने व्यवसायी बढ्दै गएको कार्यालय प्रमुख भुषालको भनाइ छ ।

उनका अनुसार जिल्लाका बेँसीशहर बजार, भोटेओडार, सोती पसल सुन्दरबजार, भोर्लेटारलगायतका स्थानमा पसल बढिरहेका छन् ।

दर्ता भएका उद्योगमध्ये अधिकांश सिलाइकटाई, कृषि फर्म, ब्युटिपार्लर, कृषि औजार, मौरीपालन, अलैँची, बंगुर फर्म, दालमोठ उद्योग, पर्यटन उद्योगलगायत सञ्चालनमा रहेको कार्यालयले जानकारी दिएको छ । साविक घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा विसं २०४४/४५ देखि हालसम्म चार हजार ७४८ घरेलु उद्योग दर्ता भएका छन् ।

चार हजार ६६१ वाणिज्यतर्फ फर्म दर्ता भएका कार्यालयले जानकारी दिएको छ । विसं २०४४/४५ देखि हालसम्म चार अर्ब भन्दा बढी पूँजी लगानी भएको कार्यालय प्रमुख भुषालले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *