अमेरिकी मुद्रास्फीतिको प्रमुख आधार गत महिना पनि बढेको छ । गत वर्ष कोभिड–१९ का कारण आएको मन्दीका कारण अमेरिकी अर्थतन्त्रमा परेको असर अझै जारी रहेको भएपनि शुक्रबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कमा अमेरिकी अर्थतन्त्रले सुधारको बाटो लिएको छ ।
वाणिज्य मन्त्रालयले भनेको छ,“सन् २०२० को सोही महिनाको तुलनामा जुलाईमा व्यक्तिगत खर्चको मूल्य सूचकाङ्क द्रुत गतिमा वृद्धि भई मुद्रास्फीति ४.२ प्रतिशत कायम भएपनि समग्रमा आर्थिक सूचकाङ्कले सुधारको सङ्केत गरेको छ ।”
अघिल्लो महिनाको तुलनामा आम्दानी १.१ प्रतिशतले वृद्धि भयो भने खर्च ०.३ प्रतिशतमा सीमित रहेको छ । विश्लेषकहरूले कोभिड–१९ को द्रुत गतिमा फैलिरहेको डेल्टा भेरिएन्टको कारण केही उपभोक्ताहरूले सामान्य अवस्थामा जस्तो खर्च गर्न नखोजेको भेटिएको बताएका छन् ।
अक्सफोर्ड इकोनोमिक्सकी लिडिया बुसौरले तथ्याङ्कलाई केलाउँदै भनिन्, “महामारीको थकानले तीव्र भावनात्मक प्रतिक्रियाहरू आउने गरेको पाइन्छ तथापि हामीलाई विश्वास के छ भने शान्त उपभोक्ताको कारण उपभोक्ता खर्चमा नियन्त्रण भएको छ, जसका कारण अर्थव्यवस्था उल्टो हुँदैछ ।”
वाणिज्य मन्त्रालयले राष्ट्रपति जो बाइडेनको विस्तारित बाल कर क्रेडिटलगायतका मार्चमा आएका नागरिक प्रोत्साहन प्याकेजको अनुमोदनजस्ता सरकारी नीतिहरूले आय वृद्धिलाई बढाएको छ र कर्मचारीलाई दिइएको क्षतिपूर्तिको वृद्धिले पनि यसमा भूमिका खेलेको थियो ।
साधारणतया महामारीका कारण अमेरिकी अर्थतन्त्र कमजोर बनेको भएपनि आपूर्तिको कमीका साथसाथै श्रम अभावले गर्दा केही उद्योग मालिकहरूले ज्याला बढाउन थालेका छन् । यसले गर्दा मुद्रास्फीति बढेको छ र जुलाईको वृद्धि अघिल्लो बर्षको जून महिनाको भन्दा चार प्रतिशतभन्दा बढी रहेको छ ।
फेडरल रिजर्वले आफ्नो मूल्य वृद्धिको रुचाइएका नापको रूपमा पीसीई प्रयोग गर्दा उक्त तथ्याङ्कले उनीहरूलाई आफ्नो सरल मुद्रा नीतिलाई कम गर्न दबाब दिन सक्छ । अमेरिकी उपभोक्ताको सामान्य खर्च जुन महिनाको १.१ प्रतिशतभन्दा गत महिना निकै कम देखिएको छ । उपभोक्ताहरूले सेवाहरुको खर्च १०२.६ अर्ब अमेरिकी डलरले बढाएका तर सामानको खर्च ६०.४ अर्ब अमेरिकी डलरले कम गरेको भेटिएको छ ।




