अर्थ

नेप्सेमा हरियाली, १७ अंकले बढ्दा १३ अर्बको कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से १६ अंकले बढेको छ । पछिल्ला तीन लगातार ओरालो लागेको नेप्से बिहीबार १७.५७ अंकले बढेको हो ।

आज नेप्से ३०९४.०१ विन्दुमा पुगेको छ । यस अघिका ३ दिनमा नेप्से १२२.६९ अंक घटेको थियो । विहिबार सेन्सेटिभ इण्डेक्स ३.४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३२ अंक बढेको छ ।

आज २३२ कम्पनीको १३ अर्ब ४२ करोड १९ लाखको शेयर शेयर खरिदबिक्री भएको छ ।आज विकास बैंक, जलविद्युत र फाइनान्स कम्पनीहरुको सूचक बढेको छ । जसमा जलविद्युत उपसमूहको परिसूचक आज सर्वाधिक ४.८३ प्रतिशत बढेको छ भने विकास बैंकको ४.२२ प्रतिशत र वित्तको ३.८२ प्रतिशत बढेको छ ।

त्यस्तै १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ ।कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । आज अरुण हाइड्रोको ९३ करोड ८४ लाख ४० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ भने अरुण काबेलीको ४५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

त्यस्तै ८ कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने ७ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।

आज अरुण भ्याली हाइड्रोपावर, आँखुखोला जलविद्युत, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी विकास बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स, घलेम्दी हाइड्रो र जीवन विकास लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *