काठमाडौं । इजरायलमा केयर गिभरका लागि सरकारले खोलेको आवेदनमा झण्डै १० गुणा बढि आवेदन परेको छ ।
एक हजार जना इजरायल पठाउने तयारीअनुसार श्रम तथा रोजगार विभागले सूचना जारी गरेको भएपनि अहिलेससम्म ९ हजार ६ सय ९९ जनाले आवेदन दिइसकेका छन् ।
श्रम, रोजगार तथा समाजिक सूरक्षा मन्त्रालयले आवेदकहरुलाई लिखित परीक्षामा सहभागी गराउने र उत्तीर्ण हुनेको अन्तर्वार्तासमेत लिने बताएको छ । परीक्षा लिँदा लोकसेवा आयोगले लिने परीक्षाको विधि प्रयोग हुने मन्त्रालयको भनाई छ ।





