काठमाण्डौं । बन्दुकको बलबाट सत्ता कब्जा गरेको तालिवानले भारतसंगको ब्यापार सम्वन्ध विच्छेद गरेको छ । अफगानस्तानको सत्ता सम्हालिरहेको तालिवानले तिन देखि न कुनै बस्तु निर्यात गरेको छ न कुनै वस्तु आयात गरेको छ । सम्पुर्ण रुपमा भारतसंग वस्तुको आयात र निर्यात वन्द गरेको तालिवान सरकारसंग भारतले यस वारेमा कुनै कुटनीतिक पहल पनि गरेको छैन । तर,यसको असर बजारमा भने पर्न थालिसकेको छ । संसारमा अफगानस्तान काजु,किसमिस देखि बदामसम्म ठुलो मात्रामा उत्पादन गर्ने देश हो । र,भारतमा अधिकतम यस्ता तागत दिने खानेकुरा अफगानस्तानबाट नै आउने गर्दछन । तर,अफगास्तानले सवैवस्तु आयात निर्यात वन्द गरेपछि भारतमा अहिले यसको अभाव हुन थालेको छ ।केही दिन अघिसम्म ६सय ५०मा पाउने बदाम तिन दिनमा नै हजार रुपैया पर्नथालेको छ खवर भारतीय सञ्चार माध्यामले दिन थालेका छन । यसैगरि काजु,किसमिससम्मको भाउ ह्वात्तै बढेको छ । अब केही दिनमा भारतले नयाँ ब्यापारिक सम्झौता नगरे भारतमा यस्ता वस्तुको कमी हुनेछ ।




