समाचार

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन मंगलबार तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९१ हजार ९ सय रुपैयाँ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार ३२० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *