सुदुरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश सरकारद्वारा रु ३० अर्ब ३३ करोडको बजेट पेश[पूर्णपाठ]

काठमाडाैं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८- ०७९ को लागि ल्याएको नीति कार्यक्रम कार्यान्वयनका लागि रु ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट विनियोजन गरेको छ ।    
    
 प्रदेश सभाको आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले आर्थिक वर्ष २०७८-०७९को बजेट प्रस्तुत गर्दै कुल विनियोजित मध्ये चालू तर्फ रु दश अर्ब ६६ करोड नौ लाख तीन हजार र पूँजीगत तर्फ रु १७ अर्ब ६५करोड ४० लाख ५२ हजार रहेको जानकारी दिए । यसै गरी विनियोजन मध्ये अन्तर सरकारी वित्त हस्तान्तरण अन्तर्गत रु एक अर्ब ७२ करोड ४५ लाख,वित्तीय व्यवस्था तर्फ रु ३० करोड विनियोजनको व्यवस्था मिलाइएको छ ।    
    
 प्रदेश सरकारको चालू आर्थिक वर्ष २०७७-०७८का लागि रु ३३अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट विनियोजन गरेको थियो ।  

[pdfjs-viewer viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2021/06/बजेट-वक्तव्य_0.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 search_term=”” ]

  

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *