अर्थ

११ वटा निमार्ण कम्पनी सरकारको कालोसूचिमा

काठमाडौं । सरकारले ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगम कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा९१० बमोजिम एक वर्षका लागि कालो सूचीमा राखिएको जनाएको छ ।

कार्यालयका अनुसार ११ वटै कम्पनीलाई कालो सूचीमा राख्न सडक विभाग, सडक डिभिजन कार्यालय हेटौंडाले लेखी पठाएको र सोही अनुसार सोमबारको निर्णयले कालो सूचीमा राखिएको हो ।

कार्यालयले सूचना जारी गरी कालो सूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले एक वर्षसम्म कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने जानकारी गराएको छ ।

कालो सूचीमा परेका कम्पनीहरुमा हेटौंडाको हेटौंडा कन्स्ट्रक्सन, रौतहटको सरस्वती कन्स्ट्रक्सन, वीरगञ्जको अभय कन्स्ट्रक्सन, बाराको जन जागृती कन्स्ट्रक्सन, बाराकै विशाल कन्स्ट्रक्सन, मकवानपुरको विनायक कन्स्ट्रक्सन, मकवानपुरकै शर्मिला निर्माण सेवा, काठमाडौंको नयाँ युग निर्माण सेवा, पर्साको शिव निर्माण सेवा, मकवानपुरको आर। एर निर्माण सेवा र मकवानपुरकै बि।ब्रदर्श निर्माण सेवा रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *