अर्थ

सुनको मुल्य उकालो लाग्दै, कति छ आजको मुल्य ?

मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार बढेर तोलामा ८७ हजार ५०० रुपैयाँमा कारोार भएको हो ।
यस्तै तेजाबी सुन तोलामा ८७ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *