काठमाडौं । सोमवार बजार खुलेको दश मिनेटमै राधी विद्युत कम्पनी र साञ्जेन जलविद्युत कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । राधी विद्युत कम्पनीको सर्वाधिक ९ दशमलव ९८ प्रतिशतले र साञ्जेन जलविद्युतको ९ दशमलव ६९ प्रतिशतले शेयरमूल्य बढेको हो ।
यस अवधिसम्म राधी विद्युत कम्पनीको प्रतिकित्ता रू। ४४ ले बढेर अन्तिम मूल्य रू। ४८५ र साञ्जेन जलविद्युत कम्पनीको प्रतिकित्ता रू। ४१ ले बढेर अन्तिम मूल्य रू। ४६४ पुगेको हो । सोमवार पनि शेयर बजार दोहोरो अंकले बढीरहेको छ । याे समाचार तयार पाने अवधिसम्म नेप्से परिसूचक २० दशमलव ४८ अंक बढेर २ हजार ६७८ दशमलव ०८ विन्दुमा पुगेको छ ।




