सन् २०२० मा अमेरिकालाई पछाडि पादै चीन युरोपेली संघ (ईयू)को सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ ।
युरोपेली प्रमुख साझेदार देशहरूबीचको व्यापार कोरोना महामारीको कारणले गिरावट आएको थियो । तर, चीनले यसलाई अवसरको रुपमा बदल्दै ईयूको सबैभन्दा ठुलो व्यापार साझेदार बनेको हो ।
कोरोना महामारीको कारण पहिलो त्रैमासिकमा चीनको अर्थव्यवस्था बिग्रीएको थियो । छोटो समयमै महामारीलाई नियन्त्रणमा लिएर चीनले आफ्नो बजार खुलाएको थियो । त्यसलगत्तै ठप्प भएको युरोपमा सामानको माग ठुलो थियो ।
ईयूको कारोबारको रेकर्ड राख्ने यूरोस्टाटका अनुसार २०२० मा चीन र ईयूबीच ७०९ अर्ब अमेरिकी डलरको कारोबार भएको छ । जसमा कार, लक्जरी सामान, मेडिकल उपकरण र इलेक्ट्रोनिक्स ठुलो मात्रामा निर्यात गर्न चीन सफल भएको छ ।
ईयू र अमेरिकाबीच भने ६७१ अर्ब अमेरिकी डलरको कारोबार भयो जुन चीनसँगको कारोबार भन्दा कम हो। सोमबार सार्वजनिक गरिएको यूरोस्टाट तथ्यांकका अनुसार चीनसँग ईयुको व्यापार घाटा पनि १९९ अर्ब डलरबाट बढेर २१९ अर्ब डलर पुगेको छ।
सन् २०२० मा चीन विश्वव्यापी अर्थतन्त्रहरूको एक मात्र देश थियो जहाँ आर्थिक वृद्धि देखिएको थियो।




