काठमाडौं ।दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँग तत्काल कर नउठाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
आइतबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले आन्तरिक राजश्व विभाग समेतको नाममा अन्तरिम आदेश जारी गर्दै तत्काल कर नउठाउन भनेको हो।
ठूला करदाता कार्यालयले पुस २९ गते पत्र जारी गरेपछि एनसेल सर्वोच्च पुगेको थियो।




