अर्थ

चन्द्रागिरी हिल्सको आईपीओ नेप्सेमा सूचीकृत

काठमाडौं । चन्द्रागिरी हिल्स कम्पनीको आईपीओ(साधारण शेयर) शुक्रवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।

उक्त कम्पनीको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता साधारण शेयर सूचीकृत भएको हो । कम्पनीले दोस्रो बजारका लागि पहिलो कारोबार गर्न रू. ९६ दशमलव ६९ देखि रू.२९० दशमलव शून्य ७ ओपन रेञ्ज पाएको छ । नेप्सेले कम्पनीको शेयरलाई अन्य समुहमा सूचीकृत गरेको छ । कम्पनीको शेयर दोस्रो बजारमा स्टक कोड सीजीएचमा कारोबार हुनेछ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । अव कम्पनीको उक्त परिमाणको शेयर आगामी आइतवारदेखि कारोबारमा आउनेछ ।

कम्पनीले पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणको लागि १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीको आईपीओ माघ ९ गते बाँडफाट भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *