भारतले नेपाललाई दिने वित्तीय अनुदान बढाएको छ ।
भारतीय वित्त मन्त्री निर्मला सितारमणले सोमबार लोकसभामा पेश गरेको २०२१/२२ को बजेटमा नेपाललाई दिने अनुदानमा गत वर्षको तुलनामा करिब दुई अर्ब भारुले वृद्धि गरिएको छ ।
भारतीय वित्त मन्त्रालयका अनुसार यो वर्ष नेपालले भारतबाट ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) प्राप्त गर्ने भएको छ । गत वर्ष नेपाललाई ८ अर्ब भारु (१२ अर्ब ८० करोड रुपैयाँ) मात्र अनुदान दिइएको थियो ।
भारतबाट अनुदान पाउनेमा यसवर्ष पनि भुटान पहिलो नम्बरमा छ । भुटानका लागि ३० अर्बभन्दा बढी अनुदान दिइने जनाइएको छ । यस्तै, भारतले अफगानिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, म्यानमारलाई पनि अनुदान दिएको छ ।




