ताजा समाचार

परराष्ट्रमन्त्री आज भारत जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली आज भारत भ्रमणमा जाँदै छन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली आज नयाँदिल्ली जान लागेका हुन् ।
बैठकमा उनले भारतका भारतका विदेशमन्त्रीसँग संयुक्त रुपमा अध्यक्षता गर्ने छन्।

बैठक तीन दिनसम्म चल्ने छ । परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुनेछ ।
त्सअघि बुधबार नागरिक अगुवाहरुले अन्तरिम सरकारको परराष्ट्रमन्त्री भएकाले कुनै दिर्घकालीन सझौता नगर्न सुझाव दिएका थिए ।

ज्ञवाली शनिबार स्वदेश फर्किनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *