काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले दुईवटा मस्कोट सार्वजनिक गरेको छ ।
बैंकको व्यवसाय प्रबद्र्धन, पहिचान र प्रचार प्रसार गर्नको साथै बजार बिस्तार गर्न आज (शुक्रबार) देखि सरल र शताब्दी नामका दुईवटा मस्कोट सार्वजनिक गरेको बैंकले जनाएको छ ।
मस्कोटबाट बैंकिंङ अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रकृयाका बारेमा विभिन्न माध्यमबाट ग्राहकहलाई जानकारी गराउने बैंकले विश्वास लिएको छ ।




