अर्थ

चीनका अर्बपति ज्याक मा बेपत्ता, राष्ट्रपति सिको निसानामा परेको आशंका

काठमाडौं । चिनियाँ अर्बपति ज्याक मा बेपत्ता भएका छन् । दुई महिनादेखि सार्वजनिक रूपमा नदेखिएपछि उनी ‘हराएको’ आशंका गरिएको छ।

ज्याक मा दुई महिनादेखि हराएको बारे अन्तर्राष्ट्रिय समाचारमाध्यममा सनसनी मच्चिएको छ । अलिबाबाका संस्थापक ज्याक मा पछिल्लो समय ‘अफ्रिका बिजनेस हिरोज’ मा अनुपस्थित भएकाले उनी किन हराए भन्ने खोजी भएको हो ।

ज्याक माले चीनको ब्याजखोर वित्तीय नियामक र सरकारी बैंकलाई गत वर्षको अक्टोबरमा आलोचना गरेका थिए । त्यसपछि उनीसँग चीनका राष्ट्रपति शी जिनपिङ रुष्ट थिए । त्यसलगत्तै उनी हालसम्म बेपत्ता छन् । कतै उनलाई घरमै नजरबन्दमा राखिएको त होइन भन्ने अनुमान गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *