काठमाडौं । आधुनिक नयाँ टर्मिनल भवन सञ्चालनमा आएसँगै जनकपुर विमानस्थलको पाँच दशक पुरानो टर्मिनल भवन विस्थापित हुने भएको छ।
पर्यटनमन्त्री योगेश भट्टराईले मंगलबार (आज) जनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवन उद्घाटन गर्दैछन्।

२०२४ सालमा निर्माण गरिएको टर्मिनल भवनबाट हालसम्म सेवा दिइँदै थियो।
२०६९ कात्तिकमा १८ करोडको लागतमा तत्कालीन पर्यटनमन्त्री पोष्टबहादुर बोगटीले टर्मिनल भवनको शिलान्यास गरेका थिए।
अत्याधुनिक नयाँ टर्मिनल भवन सञ्चालनमा आएसँगै यसअघि यात्रुहरूका चापका कारण भिडभाड हुने समस्याको अन्त्य हुने जनकपुर विमानस्थलले जनाएको छ । नयाँ टर्मिनल भवनको प्रस्थान कक्षमा २५० यात्रु बस्न सक्ने व्यवस्था मिलाइएको छ।
जनकपुरबाट विभिन्न एयरलाइन्सले दैनिक पाँचवटा उडान काठमाडौंका लागि गर्दै आएको छ।




