काठमाडौं । होटल एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन भएको छ। ७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान आेम अस्पतालमा निधन भएको हानका अध्यक्ष विनायक शाहले जानकारी दिएका छन् ।
दसैंमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपचार गराइरहेका शाक्य स्वस्थ भएका थिए। तर, पछि निमोनिया भएपछि फेरि उनी अस्पताल भर्ना भएर उपचार गराउँदै आएका थिए।
शाक्यले कालिमाटी ताहाचलमा एकतारे होटल अमर सञ्चालन गर्दै आएका थिए ।




