अर्थ

आगामी मंगलबारसम्म सबै बैंक बन्द हुने

काठमाडौं । तिहारको आज तेस्रो दिन । शनिबार भएकाले त्यसै सार्वजनिक बिदा । आजदेखि तीन दिनसम्म सबै बैंक तथा वित्तीय संघसंस्था बन्द हुने भएका छन् ।
नेपाल बैंकर्स संघले तिहारमा तीन दिन बैंकका सबै शाखाहरु बन्द गर्ने निर्णय गरेको थियो । जसअनुसार कात्तिक २९ अर्थात आजदेखि मंसिर १ गतेसम्म बैंकका सबै शाखा बन्द हुनेछन् । तर, मंगलबार पनि सरकारले सार्वजनिक बिदा दिएकाले अब बुधबार मात्र बैंक तथा वित्तीय संघसंस्था खुल्ने भएका छन् । बैंकका शाखाहरु बन्द भए पनि डिजिटल बैंकिङ सेवा निरन्तर हुने संघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *