काठमाडौं । पुस्तकमा लाग्दै आएको भन्सार महसुल हटाइएको छ । गत कार्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले विदेशी प्रकाशकले प्रकाशन गरेको पुस्तक तथा पत्रिकाको पैठारीमा लाग्दै आएको भन्सार महसुस पूर्णरुपमा छुट दिने निर्णय गरेको हो ।
अर्थमन्त्रालयका सहसचिव एवम् प्रवक्ता रामेश्वर दंगालका अनुसार नेपाली प्रकाशक, वितरक वा सोल एजेन्ट वा प्रतिलिपि अधिकार उल्लेख भएका पुस्तक नेपाल बाहिर मुद्रण गरी पैठारी भएको पुस्तकको छपाईं मूल्य (कागज, मुद्रणमा लागेको खर्च, भाडा वा बीमा जोडी हुन आउने मूल्य) मा १५ प्रतिशत भन्सार महसुल लाग्ने तर विदेशी प्काशकको नाम उल्लेख भएर आएमा त्यस्तो पैठारीमा कुनै महसुल नलाग्ने व्यवस्था गरिएको छ ।
स्वदेश वा विदेशी जुनसुकै प्काशकको नाम उल्लेख भएर पैठारी हुने पुस्तकमा १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।





