अर्थ

कृषि कर्ममा जम्दै महिला नेतृ, ड्राईगन फ्रुट खेतिबाट गरिन राम्राे आम्दानी

 उदयपुर । फलफूल खेती मध्ये चर्चाको शिखरमा रहेको ड्राइगन फ्रुटको खेती उदयपुरको चौदण्डीगढी नगरपालिका – ४ बसाहामा सुरु भएको छ । १३ किसिमका फलफूलको मिनिरल पाइने र क्यान्सर रोग निरोधकको रुपमा प्रसिद्धि कमाएको यो फलको माग बजारमा ह्वातै बढेको छ ।
 गरेके हुदैन र कस्ले सक्दैन र ? भन्ने ज्वलन्त उदाहरण बनेकी छन बसाहाकी अरुणा राई । ७ सय रुपैयाँ प्रति केजी र बेर्ना प्रति गोटा २ सयका दरले बेच्दै आएकि राईको राम्रो आम्दानीको श्रोत बनेको छ ड्राइगन फ्रुटको खेती । गोरखा मिलिनियमबाट प्रभावित भई त्यहिबाट बेर्ना ल्याइ २ बर्ष अघि यो खेति सुरु गरेकि राईको बगैचामा १ सय भन्दा बढि ड्राइगन फ्रुटका बोट, अंगुर, एबाेकाडो , लिच्चि, अम्बा र कफिकाेे खेति छ । अत्यन्तै सुन्दर बगैँचा करिब डेड हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
  राष्ट्रिय खम्बुवान मोर्चाबाट राजनीतिक जीवन सुरु गरेकि राइले १३ बर्ष भूमिगत जीवन बिताएको उनले बताइन । खोटाङ जिल्लाको जन्ते ढुंगा गाउपालिकाको नेकपा (माओबादी केन्द्र) बाट अध्यक्षमा प्रत्याशी राईले झिनो मतले पराजय ब्योहोरे पछि फलफूल खेतीमा लागेकाे उनको भनाइ छ । दुई कम्युनिष्टहरूको एकीकरणपछि अहिले नेकपाको  १ न प्रदेश कमिटि सदस्य सहित रहेकि छन ।
  राजनीति र पेसा ब्यबसायलाई संगै लिएर नजादा दुर्घटना हुने मान्यता बनाएकि राइले यस बर्ष २ लाख १० हजारको फल बिक्रि गरेको र १ लाख ५० हजार बेर्नाबाट प्राप्त गरेको सुनाइन । २ सय पचास बिरुवाको बैना लिई सकेको र आफ्नो नर्सरीमा करिब १५ सय बिरुवा रहेको उनले जानकारी दिइन । ड्राइगन फ्रुटले असारदेखि भदौसम्म उत्पादन दिने र यो समान्य तरिकालेे भण्डारन गर्दा समेत २ हप्ता केही नहुने उनले बताइन ।
  यहाँको हावा पानी र माटो यसको लागि उपयुक्त भएकोले आफुले अहिलेसम्म रसायनिक मल,किटनासक ओखति र अन्य औषधि प्रयोग नगरेको लाई किरा र कमिलाको लागि बरु बिरुवाको फेदमा सयपत्री फूल र जरेसिमि रोपेको बताइन ।
सबैलाइलाई फलफूलको खेती मा लाग्न प्रोत्साहित गर्दै आएको भन्दै घरमै बस्ने कामकाजी महिला हरुबाट पनि संभव हुने उनको धारणा रहेको छ । असार देखि भदौ सम्मा यसबाट आफुलाई ५ लाख आम्दानि हुने उनले सुनाइन ।
राज्यले कृषि तथा फलफूलको खेतीमा थुप्रै अनुदान छुट्याएको सुने पनि आफुलाई भने कतैबाट यस्तो अबसर नपाएको गुनोसो उनको छ । खै अनुदान र आर्थिक साहयताकालागि पुरुष नै हुनु पर्छ कि उनको प्रति प्रश्न थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *