अर्थ

बागमती प्रदेशमा ९७ प्रतिशत रोपाई सम्पन्न,धान उत्पादनमा आत्मनिर्भर बन्ने कृषि मन्त्रालयकाे दावी

काठमाडाै‌ । बागमती प्रदेशमा ९७ प्रतिशत रोपाई सम्पन्न भएसगै धान उत्पादनमा आत्मनिर्भर हुने संकेत देखिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, हेटौंडाका अनुसार बागमती प्रदेशको कुल वर्षे धानले ढाक्ने १ लाख ३४ हजार २ सय ३८ हेक्टर क्षेत्रफल मध्ये श्रावण २० गतेसम्म १ लाख २९ हजार ८ सय ९९ हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको छ । यद्यपी यो क्षेत्रफल बढ्ने अनुमान मन्त्रालयले गरेको छ । आर्थिक वर्ष २०७५।७६ मा प्रदेशमा १ लाख १५ हजार २ सय ९५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । यस आर्थिक वर्षमा, आर्थिक वर्ष २०७५।७६ भन्दा १२.६६ प्रतिशत बढी क्षेत्रफलमा धान रोपाई सम्पन्न भईसकेको छ ।

समयमा नै मनसुन सुरु हुनु, कोभिड-१९ को कारणवाट विदेशवाट फर्किएका र स्वदेशमा रहेका मानिसहरु कृषि पेशामा लाग्नु, गाँउ गाँउमा वसोवास बढ्नु, स्थानीय सरकारको कृषिमा शक्रियता, बाझो जमिनमा खेतिको सुरुवात हुनु, प्रदेश सरकारको खाद्यान्नमा आत्मनिर्भर हुने अभियान लगायत प्रदेश सरकारको कार्यक्रमहरुवाट (डिप बोरिङ्ग, सौर्य सिचाई तथा लिफ्ट सिचाई) सिञ्चित क्षेत्र विस्तार हुनु, कृषिमा यान्त्रिकीकरण आदि कारणले गर्दा धान खेती गरिने क्षेत्रफलमा वृद्धि भएको मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्कीले संकल्प खवरलाइ कुराकानीका क्रममा  जानकारी दिए । चालू आर्थिक वर्षमा प्रदेशमा गत वर्षको तुलनामा करिव ७२ हजार मे.टन धान बढी उत्पादन क्षेत्र विस्तारको कारणवाट मात्र हुने अनुमान मन्त्रालयले गरेको छ ।

धान देशको अर्थतन्त्र, संस्कृति र कृषकको जिविकोपार्जनसगँ जोडिएको छ । देशको कुल कृषि ग्राहस्थ उत्पादनमा धानको योगदान करिव २० प्रतिशत रहेको छ । प्रदेशले धान उत्पादनलाई महत्वका साथ हेरिरहेको छ । हाल देशमा धेरै मात्रामा चामल विदेशवाट आयात हुने गरेको छ । नेपालका सातै वटा प्रदेशमा धानको क्षेत्रफल तथा उत्पादनमा वृद्धि गर्न सकेको खण्डमा देशलाई चाहिने करिव ६१ लाख मेट्रिक टन धान स्वदेशमा नै उत्पादन गर्न सकिने र नेपाल सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपाली नारा साकार गर्न आधार हुने डा. कार्कीले बताए ।

मन्त्रालयवाट प्राप्त जानकारी अनुसार प्रदेशको सबैभन्दा बढी धान खेती हुने चितवन जिल्लामा ९५ प्रतिशत रोपाई सम्पन्न भईसकेको छ । यसै गरि मकवानपुर जिल्लामा ९५ प्रतिशत, नुवाकोटमा , ललितपुर, भक्तपुर र काठमाण्डौं, धादिङ्ग,काभ्रे,सिन्धुपाल्चोकमा १०० प्रतिशत, रामेछापमा ८२ प्रतिशत, सिन्धुलीमा ९६ र प्रतिशत रोपाई सम्पन्न भएको छ । प्रदेशको उच्च पहाडी जिल्लाहरु दोलखा र रसुवा  क्रमश: ९६, ९६ प्रतिशत धान रोपाई सम्पन्न भएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *