अर्थ

एक हजारको नयाँ नोट चलनचल्तीमा ल्याइँदै  

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएको राम लक्ष्मणको चित्र भएको रु १ हजारको नयाँ नोट निष्कासन गर्ने भएको छ ।

केन्द्रीय बैंकले आज एक सूचनामार्फत नयाँ नोट निष्कासन गर्ने जनाएको हो । नोटमा साबिकको हात्तीको तस्बीरभन्दा नयाँ हात्तीको तस्बीर राख्न लागिएको हो ।

बैंकको सूचनामा भनिएको छ, ‘नोटको मध्यभागमा चितवनको हात्तीसारमा रहेको देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको दुईवटा हात्तीको फोटो हुनेछ ।’ यही साउन ७ गतेदेखि चलनचल्तीमा ल्याइने नोटको बायाँतर्फ सगरमाथाको चित्र रहनेछ । नयाँ नोटमा राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *