काठमाडौँ। सरकारले कोरोना सङ्क्रमण नियन्त्रण उपचार कोषमा हालसम्म रु दुई अर्ब ३४ करोड ८१ लाख ३७ हजार सङ्कलन भएको जानकारी दिएको छ । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको आजको बैठकमा उक्त कोषबाट हालसम्म रु २८ करोड ६७ लाख ५८ हजार निकासा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिए ।
सरकारको प्रणालीबाट विनियोजिन र केन्द्रीय बजेट प्रणाली, प्रदेश सरकार र स्थानीय तहको समग्र लेखाको अद्यावधिक खर्चको विवरण भने केही दिनमा समितिसमक्ष प्रस्तुत गर्ने सो अवसरमा जानकारी दिइयो । सरकारले मुलुकका १७६ स्थानीय तहलाई रु १३ करोड २२ लाख ५६ हजार तथा भारत सीमा नजिक रहेका होल्डिङ सेन्टर सञ्चालन गर्दै आएका स्थानीय तहलाई रु दुई करोड ७७ लाख २३ हजार उपलब्ध गराएको छ ।




