अर्थ

सेवाग्राहीसँग घुस लिँदालिँदै मालपोत अधिकृतसहित छ कर्मचारी नियन्त्रणमा  

काठमाडौँ।अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदालिँदै भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृतसहित छ जनालाई नियन्त्रणमा लिएको छ ।

जग्गाको कित्ताकाट गर्न आदेश दिएबापत सेवाग्राहीसँग रु आठ लाख ५० हजार घुस लिँदै गरेका अवस्थामा मालपोत अधिकृत रघुवंश कँडेल, नासु उद्धव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे र गोपाल खड्का तथा खरिदार दीपक खनाललाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

आयोगको कार्यालय टङ्गालबाट खटिइएको टोलीले सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा टोखा नगरपालिका–९ सामाखुसी चोकस्थित स्काई पार्टी प्यालेस अगाडिबाट मङ्गलबार नियन्त्रणमा लिए पनि आज सार्वजनिक गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *