काठमाडौं। सरकारले पर्यटन पूर्वाधारमा १ अर्व २६ कारोड वजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले वजेट वक्तव्यमार्फत पर्यटन पूर्वाधारमा १ अर्व २६ करोड रकम विनियोज गरिएको घोषणा गरेका हुन ।
मन्त्री खतिवडाले हवाई क्षेत्र, होटल, रेस्टुरेन्ट आदिको पुर्नउत्थानका लागि व्याजमा छुट दिइने घोषणा गरेका छन । सबै प्रदेशका ठूला पर्यटकीय गन्तव्यको पूर्वाधार निर्माण गरिने घोषणा गरेका छन । धार्मिक पर्यटनलाई पनि महत्व दिइने उनले बताएका छन ।




