अर्थ

प्रभु बैंकबाट तीन पालिकामा राहत

दैलेख। नारायण नगरपालिका तथा गुराँस र भगवतीमाई गाउँपालिकामा शाखा विस्तार गरेर काम शुरु गरेको प्रभु विकास बैंकले केही राहत सामग्री तीन स्थानीय पालिकालाई प्रदान गरेको छ ।

बैंक दैलेख शाखाले चामल, दाल र नुन वितरण गरेको हो । बैंकले पाँच शय्याको क्वारेन्टाइन निर्माणमा लाग्ने खर्च पनि सहयोग गर्ने शाखा प्रबन्धक उमेश प्याकुरेलले जानकारी दिनुभयो । बैंकले कोरोना नियन्त्रण कोषमा राख्ने गरी कर्णाली प्रदेश सरकारलाई रु पाँच लाख र सङ्घीय सरकारलाई रु एक करोड एक लाख प्रदान गरिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *