अर्थ

महामारीमा जनतालाई साथ दिन नुवाकोट कांग्रेसद्वारा जिल्लास्तरीय राहत कोष स्थापना

काठमाडौं। नुवाकोट कांग्रेसले जिल्लास्तरीय राहत कोष स्थापना गरेको छ । कोरोना भाइरसले महामारीको रुप लिइरहेका बेला आईतवार विहन पादाधिकारीहरुसंग छलफल गरेर राहत कोष निर्माण गर्ने निर्णय गरेको हो ।
पार्टीका सबै नेता, कार्यकर्ता तथा देशविदेशमा रहने शुभेच्छुकहरू, उद्योगी,ब्यापारी र इच्छुक सर्वसाधारण नागरिकहरूलाई नेपाल बैंक लिमिटेड विदुरको खाता नम्बर ००२६११००२८६११०००००१ मा सहयोग दाखिला गर्न नुवाकोट कांग्रेसले आह्वान गरेको छ ।

पार्टीका सांसद र सांसद उम्मेदवारले उपलब्ध गराउने रकम सम्बन्धित निर्वाचन क्षेत्रभित्र र केन्द्रीय नेताहरूको तर्फबाट प्राप्त हुने रकम जिल्लाभित्र वितरण गरिने नुवाकोट कांग्रेसले जनाएको छ ।
कोषमा जम्मा हुने रकम वा राहत सामग्री जुन गाउँ वा नगरका बासिन्दाहरूबाट प्राप्त भएको हो सोही गाउँ वा नगरका लागि वितरण निर्णय बताइएको छ ।
तत्काल नबिग्रने गुणस्तरीय उपभोग्य सामग्री सिधै वा सम्बन्धित वडा,गाउँ र नगर समितिमार्फत कोषमा जम्मा गर्ने व्यवस्था समेत मिलाएको छ ।
कोषमा प्राप्त रकम र जिन्सीबाट राहत वितरण गर्दा वान डोर सिस्टमु अनुसार प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित पालिका वा वडासँग समन्वय गरी खाद्यान्न राहतमा प्रयोग गर्ने व्यवस्था मिलाउने निर्णय समेत गरेको छ । भोका जनतालाई एक पेट खान दिने राहतमा समेत राजनीतिक पुर्वाग्रह राखेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

महामारीको यो सङ्कटसँग जुध्न सरकारको एक्लो प्रयास पर्याप्त नहुने ठहर गर्दै कांग्रेसले जिल्लास्तरिय राहत कोष स्थापना गरेको सभापति जगदिश्वर नरसिंह केसीले बताए । वर्तमान ओली सरकार फासिष्ट र भ्रष्टहरूको झुण्ड भएको समेत उनले आरोप लगाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *