अर्थ

एनआईसी एशिया बैंकद्वारा लकडाउनका बेला ग्राहकलाई सहुलियत

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लकडाउनबाट समस्यामा परेका आफ्ना ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने भएको छ ।बैकले २०७६ चैत्र मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा चैत्र महिनाभित्र नै ब्याज तथा किस्ता बुझाएमा किस्ताको समाविष्ट ब्याज रकममा १० प्रतिशत छुट प्रदान गरिसकेको छ ।   नेपाल राष्ट्र बैंकको २०७६ चैत्र १६ गतेको निर्देशन उक्त सौलियत उपलब्ध गराएको हो ।

बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने मूल नाराका साथ बैंकिङ्ग सेवा प्रदान गरिरहेको एनआइसी एशियाले वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा बुझाएको साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

साथै उक्त सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुनेछ । उक्त छुट रकम २०७७ जेष्ठ महिनाको पहिलो हप्ताभित्र सम्बन्धित ग्राहकको खातामा जम्मा गरिने पनि जनाइएको छ । तर यसरी ब्याज छुट दिँदा छुटपश्चात ग्राहकले तिर्नुपर्ने ब्याज आधार दरबाट गणना हुने ब्याजभन्दा कम नहुने विश्वास बैंकले व्यक्त गरेको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *