काठमाडाैं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्यमा मासु बिक्री गरेको पाइएपछि बुधबार सामाखुसीस्थित टाउन प्लानिङमा रहेको टाउन प्लानिङ टाप्रो मिट शपलाई रु दुई लाख जरिवाना गरेको छ ।
अनुगनमनका क्रममा मासुको मूल्य बढाएर उपभोक्तामाथि ठगी गरेको पाइएको विभागले जनाएको छ । उक्त मिट शपलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ अनुसार जरिवाना गरिएको विभागले जनाएको छ । लकडाउनको समयमा पनि विभागले बजार अनुगमनलाई निरन्तरता दिएको छ ।




