अर्थ

काेराेना काेषमा पेट्रोलियम डिलर्स एशाेसिएशन र ढुवानी व्यवसायी महासंघकाे पाँच/पाँच लाख सहयाेग

काठमाडाैं।नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशाेसिएशन र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले काेराेना काेषमा पाँच/ पाँच लाख सहयाेग गरेकाे छ । काेराेना भाइरसले महामारीकाे रूप लिइरहेकाे बेला एशाेसिएशन र महासंङले सरकारको “कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा उपचार कोष”मा सहयाेग गरेकाे हाे  ।

ट्रोलियम डिलर्स राष्ट्रिय एशाेसिएशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले बुधबार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाइ काेषामा जम्मा हुँने गरी पाँच लाखकाे चेक हस्तान्तरण गरेका हुन। यसै गरी नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पनि अाजै पाँच लाखकाे चेक मन्त्रीलाइ हस्तान्तरणा गरेकाे थियाे ।

चेक हस्तान्तण कार्यक्रममा मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्याल,चन्द्रप्रसाद घिमिरे र नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललगायत दुबै संस्थाका केही पदाधिकारीको उपस्थित थियाे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *