अर्थ

महाप्रसाद अधिकारी राष्ट्र बैंककाे गभर्नरमा नियुक्त

काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि राजन खनाल, चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको थियाे ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारी बोर्डमा दुई महिना कार्यकाल बाँकी रहँदै अधिकारी गभर्नर भएका हुन्।  अधिकारी हालका अर्थमन्त्री डा. युवराज खतिवडा गभर्नर हुँदा अधिकारी डेपुटी गभर्नर थिए। उनी अाज बसेकाे मन्त्रिपरिषद् बैठकबाट नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर नियुक्त भएका हुन्। डा. चिरञ्जीजी नेपालको कार्यकाल सकिएपछि नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *