अर्थ

राहत कोषमा आयल निगमको रु ५० करोड   

काठमाडौँ। नेपाल आयल निगमले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५० करोड रुपैयाँ सहयोग गरेको छ । निगम सञ्चालक समितिले बुधबार बसेको बैठकले उक्त कोषमा रु आधा अर्ब सहयोग गर्ने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

उक्त रकम बराबरको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आज हस्तान्तरण गरिएको छ । निगमले भाइरसको संक्रमणबाट बच्न र बचाउन नेपाल सरकारले गरेको निर्णय कार्यान्वयनमा सघाउन विज्ञप्तिमार्फत सबैलाई अनुरोध गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *