अर्थ

नेपाल बैंकबाट सातै प्रदेशलाई पाँच/पाँच लाख   

काठमाडौँ।नेपाल बैंक लिमिटेडले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशका राहत कोषलाई रु पाँच÷पाँच लाख सहयोग गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसले प्रभावित पारिरहेको घडीमा सरकारालाई साथ दिनुपर्ने भन्दै सो बैंकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए । बैंकले यसअघि देशमा कोरोना भाइरसको सम्भावित सङ्क्रमण, रोकथाम र नियन्त्रणका लागि सङ्घीय सरकारबाट भएको पहलकदमीलाई साथ दिन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सङ्घीय सरकारको राहत कोषमा रु एक करोड सहयोग गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *