अर्थ

पूर्वराज्य मन्त्री खड्काद्वारा कोरोना राहत कोषमा ५ लाख सहयोग

सङ्‍खुवासभा।नेपाली काँग्रेसका युवा नेता एवं पूर्व राज्य मन्त्री दिपक खड्काले कोरोना राहत कोष नेपाल सरकारको राहत कोषमा जम्मा हुने गरी राष्ट्रिय वाणिज्य बैंक काठमाडौँमा  ५ लाख रुपैयाँ जम्मा  गरेका छन् ।

विश्व नै कोरोना भाइरस (कोभिड–१९) का कारण ठूलो संकटमा परेको बेला नेता खड्काले नेपाल सरकारलाई सहयोग गर्दै यो विपत्तिमा  राहत कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा उक्त रकम जम्मा गरेका हुन् ।

विश्वभर नै कोरोना भाइरसको महामारी फैलिरहेको वर्तमान समयसम्म आइपुग्दा यसको असर नेपालमा पनि देखिएको छ । यसँगै नेपालमा पनि यस प्रकृतिका ५ जना मानिसमा कोरोनाको संक्रमण देखिएको छ । जसमध्ये एक जना संक्रमित उपचारपछि पूर्ण निको भएर एक महिला घर फर्किसकेका छन् ।

यस्तो विषम परिवेशमा सरकारले उच्च शतर्कताकासाथ सम्पूर्ण देशवासीहरुको साथ लिएर यस संक्रमणका विरुद्ध जुध्न नेपाल सरकारलाई सुझाउँदै आम नागरिकलाई घरमै सुरक्षित रहेर क्वारेन्टाइनमा बस्न नेता खड्काले आग्रह समेत गरे । नेता खड्काले थपे यस विपदको घडीमा काठमाडौँ लगायत देशका शहरी क्षेत्रमा अध्ययनको शिलशिलामा वा स्वास्थ्य उपचारको क्रममा वा कुनै काम विषेशका क्रममा  लकडाउन भएसँगै अप्ठ्यारोमा पर्नु भएको भए आफूले सक्दो सहयोग गर्नेसमेत बताउँदै देश नै सङ्कटमा परेको वेला हामी सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ¸ विश्वमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणबाट बच्नका लागि हामी आफैँले सजगता अपनाउनु पर्छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरससँग जुध्न सरकारले गरेका प्रयत्नहरुलाई सहयोग गर्नु हामी सबैको साझा दायित्व भएको स्मरण गर्दै सम्पूर्ण जनप्रतिनिधिहरु¸ उद्योगपति¸ उच्च पदस्थ कर्मचारी लगायतलाई आ-आफ्नो तर्फबाट सहयोग गर्न समेत सुझाएका छन् ।

संखुवासभा निवासी पुर्वराज्यमन्त्री खड्काले काठमाडौं लगायत देशका विभिन्द शहरमा बस्दै आएका संखुवासभाका विद्यार्थी, ज्यालादारी मजदुर र विपन्न बर्गलाई लकडाउनको समयमा कुनै समस्या परे अथवा कुनै सहयोग चाहिएमा आफू जुनसुकै बेला सहयोग गर्न तत्पर रहेको समेत खुलासा गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *