काठमाडौ। कोरानो भाइरस विरुद्ध सम्पूर्ण विश्व नै एक भएर लडिरहेको बखत नेपालले पनि यो अभियनलाई प्रभावकारी बनाएको छ । सरकाले कोरोना नियन्त्रणमा सम्पूर्ण तकत लगाएको छ । सरकारले यो महामारी नियन्त्रणमा निजि क्षेत्रको पनि साथ खोजेको छ । कोरोना नियन्त्रणमा सिद्धार्थ बैंक लिमिटेड सरकारको भरपर्दो सारथी बनेको छ । सिद्धार्थले सरकारलाई कोरोना नियन्त्रणका लागि रु.७० लाख दिएको छ ।
सिद्धार्थ बैंकले सातै प्रदेशको कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा रु.१०/ १० लाख हस्तान्तरण गरेको छ । बैंकको प्रादेशिक कार्यालयका प्रमुखहरुले सातै प्रदेशका मुख्यमन्त्रीलाई रु.१०/ १० लाखको चेक हस्तान्तर गरेका थिए ।
बैंकले हस्तान्तरण गरेको चेक बुझ्ने क्रममा सातै प्रदेशका मुख्यमन्त्रीहरुले बैंकको प्रशंसा गर्दै देशमा सङ्क परेको बेला सहयोग पुर्याएकोमा धन्यवाद प्रकट गरेका थिए ।




