अर्थ

ग्यास नपाए यी ठाउँमा जानुहोस् (सूचीसहित)

काठमाडौं । एलपीजी ग्यासको आपूर्ति सहज बनाउनका लागि आजदेखि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अतिरिक्त बिक्री केन्द्र सञ्चालनमा ल्याएकाे छ । बजारमा ग्यासको अभाव भए संगै नेपाल आयल निगम र ग्यास उद्योग संघको संयुक्त सहकार्यमा काठमाडौं उपत्यकाका २५ ठाउँहरुबाट अतिरिक्त बिक्री केन्द्र सञ्चालनमा ल्याएकाे हाे ।

यस्ता छन् अतिरिक्त बिक्री केन्द्रहरु :

१. नेपाल र तारा ग्यास : बालाजुको बीएमसी कर्नर, अनामनगरको अनामनगर स्टोर र सातदोबाटोको एन.एस स्टोर

२. सागर र चण्डी ग्यास : जडीबुटी बिक्री डिपोबाट

३. एसटीसी ग्यास : कालीमाटीको साल्ट ट्रेडिङ कर्पोरेशन, जडिबुटी गोदाम र सतुङ्गलबाट

४. ओम ग्यास : थलीको आदर्श स्टोर र नैकापको उत्सव खड्का स्टोरबाट

५. बाबा, श्री र लुम्बिनी ग्यास : कपनको भद्रा फ्युल र धुम्बाराहीको एलाइट सिल अगाडिबाट

६. एचपी ग्यास : असिम किचेन एण्ड सप्लायर्स

७. सिद्धार्थ ग्यास : इमाडोलको केसी एलपी सप्लायर्सबाट

८. श्रीमाया ग्यास : सतुङ्गलको डिपोबाट

९. लोकप्रिय ग्यास : नैकापको भाञ्जा ट्रेडर्सबाट

१०. राजधानी ग्यास : सीतापाइलामा रहेको डिपोबाट

११. सूर्य ग्यास : जगातीमा रहेको जोशी भिमसेन स्टोरबाट

१२. गीता ग्यास : धुम्बाराहीको टोयटा शो रुम अगाडिबाट

१३. हिमाल ग्यास : भगवती वहालको प्रयास ट्रेडर्सबाट

१४. नमस्ते ग्यास : कागेश्वरी मनहराको कुमार स्टोरबाट

१५. भानु ग्यास : गोङ्गबुको लिला ग्यास डिपोबाट

१६. एभरेस्ट र सुगम ग्यास : सिफलको ग्यास एण्ड अक्सिजन ट्रेडर्सबाट

१७. श्रीराम ग्यास : हरिसिद्ध ललितपुरको श्रीराम ग्यास

१८. मनोज सप्लायर्सले सानेपाको सुमन सम्राट र न्यू नविन स्टोरबाट

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *