अर्थ

सुनको मूल्य १५ सय रुपैयाँले घट्याे

काठमाडौं । नेपाली बजारमा बिहीवार सुनको मूल्य १५ सय रुपैयाँले घटेको छ। बुधबार प्रतितोला १ हजारले बढेको आज घटेको हो । बिहीबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७५ हजार रुपैयाँ तोकिएको छ। बुधबार सुनको मूल्य ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै बिहीबारका लागि तेजावी सुनको मूल्य प्रतितोला ७४ हजार ७ सय रुपैयाँ तोकिएको छ। बुधबार तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार र बुधबार प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार भने तोलामा ३० रुपैयाँ मूल्य घटेको छ। बिहीबार चाँदी प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *