काठमाडौ।सेञ्चुरी कमर्सियल बैंक र सिद्धर्थ बिजनेस ग्रुपअफ हस्पिटालिटीबीच सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट काडहोल्डर ग्राहक, कार्यसमिति सदस्य, बैंकका कर्मचारी तथा उनका परिवारलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको हो ।
सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहक, कार्यसमिति सदस्य, बैंककाकर्मचारी तथा उनका परिवारले सिद्धर्थ बिजनेस ग्रुपअफ हस्पिटालिटीको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउने छन् ।
उक्त सम्झौतापत्रमा बैंकका प्रबन्धक कार्डस र ट्रान्जेक्सन बैकिङ्ग युनेस पुरी र सिद्धर्थ बिजनेस ग्रुपअफ हस्पिटालिटीका निर्देशक सेल्स एण्ड मार्केटिङ्ग प्रोप्राइटर प्रभाकर खड्काले हस्ताक्षर गरेको बैकले जनाएको छ ।




