अर्थ

सुनको मूल्य तोलामा १५ सय घट्यो

काठामडाैं । नेपाली बजारमा सुनकाे मूल्य आइतवार ताेलामा १५ सय रुपैयाँ घटेको छ। शुक्रबार र शनिबार ७८ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज (आइतबार) का लागि ७७ हजार रुपैयाँ तोकिएको सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि १५ सय रुपैयाँ नै घटेको छ । तेजाबी सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको हो । सुनको मूल्य घटेसँगै चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला ७ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *