अर्थ

सेञ्चुरीद्वारा नवौं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम

काठमाडौं।सेञ्चुरी कमर्सियल बैंकको नवौं वार्षिकाेत्सवको उपलक्ष्यमा जनहितकारी कार्य सञ्चालन गरेको छ । बैंकको प्रधान कार्यलय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर,रक्तदान तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ । चावहि लस्थित ओम हस्पिटल तथा ताहाचल स्थित नेपाल रेडक्रस सोसाईटी, केन्द्रीय रक्तसञ्चार सेवाको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा स्वास्थ्य परीक्षण गरिएको थियो । बालबालिकाहरु देखि लिएर वृद्धवृद्धाहरु उत्साहजनक रुपमा सहभागी शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । रक्तदान कार्यक्रमा पनि ३५ जनाभन्दा बढीको सहभागी थियो ।

बैंकका संचालक समितीका अध्यक्ष राजेश कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको बार्षिक कार्यक्रममा बैंकले श्री महेन्द्र माध्यामिक विद्यालय हेलम्बु ६, सिन्धुपाल्चोकलाई २ थान ल्यापटप र १ थान प्रोजेक्टर प्रदान गरेको छ । त्यसैगरी बैंकले “इगच ऋजष्मि ऋबचभ” अनाथाश्रमलाई खाद्य सामाग्री पनि प्रदान गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *