अर्थ

अख्तियारद्वारा डिभिजन वन कार्यालय नवलपरासीका दुई कर्मचारी विरुद्ध आरोपपत्र दायर 

काठमाडौँ। टेण्डरको काठ उठाएबापत सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय नवलपरासीमा कार्यरत सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र सोही कार्यालयका कार्यालय सहयोगी प्रमोद कुमार तेलीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

उनीहरुले नियमानुसार लिलाम बिक्री भएको काठको छोडपूर्जी दिने प्रयोजनका लािग सेवाग्राहीसँग रु दुई लाख घुस लिएको आयोगले आरोप लगाएको छ । सहायक वन अधिकृत देवकोटाले घुस रकम आफूले नबुझी कार्यालय सहयोगी तेलीले लिएको अवस्थामा आयोगको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *